Tokha's Heritage,
Refined Over Four Generations
टोखाको मौलिकता,
चार पुस्ताको पौरख

A 4th-generation artisanal tradition from Tokha-3, Dekwo, Kathmanduपुस्तौंदेखि जोगाउँदै ल्याइएको टोखा-३, देक्वोको रैथाने कला

Tokha-3, Dekwo, Kathmanduकाठमाडौं, देक्वो, टोखा-३

Our Storyहाम्रो कथा

Rooted in a four-generation family craft and officially registered in 2063 B.S., Shree Krishna Chaku Production is a protector of Tokha's ancestral taste. Our family has dedicated itself to preserving the traditional methods of Chaku making, passed down through the ages.चार पुस्तादेखि चलिआएको पारिवारिक सीपमा आधारित र वि.सं. २०६३ मा आधिकारिक रूपमा दर्ता भएको 'श्री कृष्ण चाकु प्रोडक्सन' टोखाको पुर्ख्यौली स्वादको संरक्षक हो। हाम्रो परिवार पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको चाकु बनाउने परम्परागत विधिलाई जोगाउन पूर्ण रूपमा समर्पित छ।

Our journey began in the heart of Tokha-3, Dekwo, where the rhythm of the Keela (wooden hook) and the slow, deliberate process of aerating (फिट्नु) Chaku became synonymous with our name. Each batch is crafted with the same care and attention that our ancestors brought to this sacred art.हाम्रो यात्रा टोखा-३, देक्वोको मुटुबाट सुरु भएको हो, जहाँ 'किला' (काठको हुक) को ताल र चाकु तान्ने धैर्यपूर्ण प्रक्रिया नै हाम्रो पहिचान बन्यो। प्रत्येक ब्याच त्यही आत्मीयता र सावधानीका साथ तयार गरिन्छ जुन हाम्रा पुर्खाहरूले यस पवित्र कलामा भर्थे।

As a proud member of the Tokha Traditional Chaku Conservation Society, we are committed to maintaining the purity and authenticity of this time-honored tradition. Our Chaku is SO2 free, with no added colors or preservatives— just pure, traditional craftsmanship. 'टोखा परम्परागत चाकु संरक्षण समाज' को गर्विलो सदस्यका रूपमा हामी यस ऐतिहासिक परम्पराको शुद्धता र मौलिकता कायम राख्न प्रतिबद्ध छौं। हाम्रो चाकु SO2 मुक्त छ र कुनै अतिरिक्त रङ्ग वा संरक्षक तत्वहरू मिसाइएको छैन—यो केवल शुद्ध र परम्परागत हस्तकलाको उपज हो।

"Preserving Tokha's legacy, generation after generation.""पुस्ता दर पुस्ता, टोखाको विरासत जोगाउँदै।"

The complete story of Tokha, the heritage of Chaku, and the legacy of Shree Krishna Chaku will be unveiled here soon.टोखाको पूर्ण कथा, चाकुको इतिहास र श्री कृष्ण चाकुको विरासत चाँडै यहाँ प्रस्तुत गरिनेछ।

Our Productsहाम्रा उत्पादनहरू

A curated selection of varieties, each crafted with the same dedication to tradition and purity.परम्परा र शुद्धताप्रति उत्तिकै समर्पित भई तयार पारिएका उत्पादनहरू :

Sada Chakuसादा चाकु

सादा चाकु

The purest form of Chaku, made with traditional methods and no additives.कुनै मिसावट बिना परम्परागत विधिबाट तयार पारिएको शुद्ध चाकु।

Masala Chakuमसला चाकु

मसला चाकु

Infused with aromatic spices, a celebration of Newari flavors.सुगन्धित मसलाहरूको मिश्रणले भरिएको नेवारी स्वादको उत्सव।

Khuwa Chakuखुवा चाकु

खुवा चाकु

Rich and creamy, enhanced with traditional Khuwa for a luxurious texture.विशेष खुवाको मिश्रणले थपिएको शाही स्वाद र नरम बनावट।

Sutkeri Chakuसुत्केरी चाकु

सुत्केरी चाकु

A restorative blend with ginger, fenugreek, and traditional herbs, crafted specifically for maternal health and strength.परम्परागत जडिबुटीहरूको मिश्रण, विशेष गरी सुत्केरीको स्वास्थ्य र शक्तिका लागि तयार पारिएको।

Kalo Til ko Ladduकालो तिलको लड्डु (हाम्वः)

कालो तिलको लड्डु (हाम्वः)

A traditional winter delicacy made from toasted sesame seeds and our signature Tokha Chaku. Known locally as 'Hamwo,' these nutrient-dense spheres offer a deep flavor and a satisfying crunch.भुटेको तिल र हाम्रो विशेष टोखा चाकुबाट बनाइएको परम्परागत जाडोको परिकार। स्थानीय भाषामा 'हाम्वः' भनिने यो लड्डु पोषणले भरिपूर्ण र स्वादिलो हुन्छ।

Seto Til ko Ladduसेतो तिलको लड्डु (तिलौरा)

सेतो तिलको लड्डु (तिलौरा)

Delicate white sesame seeds blended with sugar to create a lighter, aromatic treat. These classic sweets are an essential part of the Maghe Sankranti ritual, symbolizing warmth and community.सेतो तिल र चिनीको मिश्रणबाट बनाइएको हलुका र सुगन्धित मिठाइ। माघे सङ्क्रान्तिको अभिन्न अङ्ग मानिने यो लड्डु न्यानोपन र सद्भावको प्रतीक हो।

Pustakariपुस्तकारी

पुस्तकारी

Tokha's famous slow-cooked "hard candy," prepared by reducing milk, sugar, and Chaku to a rich, fudge-like consistency. Infused with coconut, dates, and cardamom, it is a timeless testament to Newari confectionery.दूध, खुवा र चाकुलाई घण्टौंसम्म पकाएर बनाइएको टोखाको प्रसिद्ध 'हार्ड क्यान्डी'। नरिबल, छोकडा र सुकुमेलको सुगन्धले भरिएको यो नेवारी मिठाइ कलाको एक जीवन्त नमुना हो।

The Collection Continuesसंकलन जारी छ...

A legacy this deep cannot be captured in a single glance. Our full product catalogue is being curated and will be available here soon.यो गहिरो विरासतलाई एकै नजरमा समेट्न सकिँदैन। हाम्रा अन्य उत्पादनहरूको सूची संकलन भइरहेको छ र चाँडै उपलब्ध हुनेछ।

Partner with Tokha's Legacyटोखा चाकुसँग जोडिनुहोस्

Whether you are a local retailer, an international exporter, or planning a grand celebration, we invite you to bring the authentic warmth of Shree Krishna Tokha Chaku to your community. Please share your requirements through our official inquiry portal.चाहे तपाईं स्थानीय बिक्रेता हुनुहुन्छ, अन्तर्राष्ट्रिय निर्यातकर्ता, वा कुनै उत्सवको योजना बनाउँदै हुनुहुन्छ—हामी तपाईंलाई श्री कृष्ण टोखा चाकुको मौलिक न्यानोपन आफ्नो समुदायसम्म पुर्‍याउन निमन्त्रणा गर्दछौं। कृपया आफ्नो आवश्यक्ताहरू हाम्रो आधिकारिक सोधपुछ पोर्टल मार्फत साझा गर्नुहोस्।

Open Order/ Inquiry Formअर्डर / सोधपुछ फारम खोल्नुहोस्

Traditionally Crafted. SO2 Free. No Added Colors or Preservatives.परम्परागत विधिबाट उत्पादित। SO2 मुक्त। कुनै अतिरिक्त रङ्ग वा संरक्षक तत्व नभएको।

Tokha Chroniclesटोखा वृत्तान्त

Stories, traditions, and wisdom from the heart of Tokha's Chaku heritage.टोखाको चाकु विरासतका कथाहरू, परम्परा र ज्ञान।

Chapter 1Traditionअध्याय १ • परम्परा

The Secret Rhythm of the Hookकिलाको गोप्य लय

किलाको गोप्य लय

In the quiet hours of dawn, the Keela—the stout wooden hook secured into the wall—becomes a metronome of tradition. Each pull (Taneko), each stretch, follows a rhythm passed down through generations—a rhythm that cannot be rushed.भित्तामा बलियो गरी गाडिएको त्यो 'किला' परम्पराको मियो बन्छ। चाकु तान्ने प्रत्येक धक्का र तन्काईमा पुर्खाले सिकाएको लय गुञ्जिन्छ—त्यस्तो लय जसमा हतारको कुनै गुञ्जायस हुँदैन।

Maghe Sankranti 2080 B.S.
Chapter 2Festivalअध्याय २ • पर्व

Why Maghe Sankranti Belongs to Tokhaमाघे सङ्क्रान्ति र टोखाको अटूट सम्बन्ध

माघे सङ्क्रान्ति र टोखाको अटूट सम्बन्ध

Maghe Sankranti marks the peak of Chaku season in Tokha. The cold winter air, the warmth of the fire, and the communal spirit of making Chaku together—this is when Tokha truly comes alive.टोखामा माघे सङ्क्रान्ति केवल एक चाड होइन, यो चाकुको मौसम हो। जाडोको सिरेटो बिर्साउने आगोको राप र समुदाय मिलेर चाकु बनाउने/खाने त्यो उल्लास—यही नै त्यो समय हो जब टोखाको मौलिकता साँच्चै जुर्मुराउँछ।

Maghe Sankranti 2080 B.S.
Chapter 3Heritageअध्याय ३ • विरासत

The Four Generationsचार पुस्ताको विरासत

चार पुस्ताको विरासत

From great-grandfather to father, from father to son, and now to the next generation—each has added their touch while preserving the core essence of what makes our Chaku special.जिजुबाजेदेखि नाति-पनातिसम्म—हरेक पुस्ताले पुर्ख्यौली सीपमा आफ्नोपन मिसाउँदै आएका छन्, तर चाकुको त्यो 'कोर' (Core) स्वाद र मौलिकतालाई भने जस्ताको तस्तै जोगाएर राखेका छन्।

Heritage 2080 B.S.
Chapter 4Philosophyअध्याय ४ • दर्शन

The Art of Patienceधैर्यताको पाठ

धैर्यताको पाठ

In a world of instant gratification, Chaku making teaches us the value of patience. Hours of slow pulling, careful attention to temperature, and respect for the process—these are lessons that extend beyond the kitchen.सबै कुरा तुरुन्तै चाहिने आजको हतारोको युगमा, चाकु बनाउने कलाले हामीलाई धैर्यताको महत्त्व सिकाउँछ। घण्टौंसम्म तान्नुपर्ने धैर्य, तापक्रमको सही सन्तुलन र कामप्रतिको सम्मान—यी पाठहरू भान्छामा मात्र सीमित नभई जीवनमै काम लाग्ने खालका छन्।

Wisdom 2080 B.S.
Coming Soonचाँडै आउँदैछ

Digitizing the Chaku Smarika (2078 B.S.)चाकु स्मारिका (२०७८) को डिजिटलीकरण

The wisdom of Tokha is being preserved for the digital age. A curated selection of printed articles from the Chaku Smarika (2078 B.S.) will soon be available here. This collection features deep insights on the history, culture, and future prospects of Tokha and Chaku from influential Newa: personalities who relate to Tokha and the broader Newa: culture.टोखाको ज्ञानलाई डिजिटल युगका लागि सुरक्षित गरिँदैछ। चाकु स्मारिका (२०७८) बाट छानिएका लेखहरू चाँडै यहाँ उपलब्ध हुनेछन्। यस संग्रहमा टोखा र नेवारी संस्कृतिसँग जोडिएका व्यक्तित्वहरूद्वारा लेखिएका टोखाको इतिहास, संस्कृति र भविष्यका सम्भावनाहरू बारे गहन अन्तर्दृष्टिहरू समावेश छन्।